१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल र भारत एउटै समूहमा



अ+ अ-

काठमाडौँ । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ ।

एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मारमा हुनेछ ।

पहिलो चरणमा पनि यी तीनवटै राष्ट्रसहित बङ्गलादेश एउटै समूह परेका थिए । जसबाट म्यान्मार र भारत स्वतः छनोट हुँदा तेस्रो स्थानमा रहेको नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरण पुगेको थियो ।

यस्तै समूह ‘बी’ मा हङकङ, जोर्डन, भियतनाम र उज्बेकिस्तान छन् भने समूह ‘सी’ मा चाइनिज ताइपेइ, इरान, फिलिपिन्स र प्यालेष्टाइन छन् । दोस्रो चरणबाट तीनवटा समूहको शीर्ष स्थानमा रहने टोलीहरु तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

यसअघि नै ‘बाई’ पाएर अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र आयोजक थाइल्याण्ड तेस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन् । यी पाँच र दोस्रो चरण पार गर्ने तीनसहित कूल आठ टोलीबीच तेस्रो चरणको छनोट खेल हुनेछ । जसमा चाररचार राष्ट्रको दुई समूह हुनेछ ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीहरु अन्तिम चरणको छनोटका लागि छानिनेछन् । त्यसबाट प्लेअफ खेलाउँदै दुई टोली ओलम्पिकका लागि छनोट हुनेछ । आयोजकका रूपमा जापान भने यसअघि नै छनोट भइसकेको छ ।

पहिलो चरणमा म्यान्मामा भएको समूह ‘सी’ अन्तर्गतका सबै तीन खेलमा बराबरी खेलेको नेपाल तीन अङ्कका साथ तेस्रो भएको थियो । नेपालले बङ्गलादेश, म्यान्मा र भारतसँग बराबरी खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले खेलेको तीनवटै खेलमा बराबरी गर्दै दोस्रो चरणमा पुगेको थियो ।

पहिलो चरणमा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।