१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपानिकट गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्ष घूससहित पक्राउ



अ+ अ-

काठमाडौँ — देनसम्बन्धी उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई बिहीबार २५ हजार रुपैयाँ घूससहित भक्तपुर दरबार स्क्वायरनजिकैको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।

उनलाई हिरासतमा राखी थप छानबिन भइरहेको आयोगले जनाएको छ । श्रेष्ठ नेकपानिकट निजामती कर्मचारी संगठनको गृह मन्त्रालयस्तरीय कमिटीका अध्यक्षसमेत हुन् ।