२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसूति गृहमा अक्सिजनको अभाव



अ+ अ-

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले अक्सिजन उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यसअघि अस्पतालले बाहिरबाट खरिद गरी अक्सिजनको माग पूरा गर्दै आइरहेको थियो ।

दैनिक २५ सिलिन्डर (एक लाख लिटर) अक्सिजन खपत हुने यस अस्पतालले अब दैनिक ७० सिलिन्डर अक्सिजन आफैं उत्पादन गर्ने तयारी भइसकेको अस्पतालले जनाएको छ । अस्पतालको प्रशासन प्रमुख रानु थापाका अनुसार एक करोड ७३ लाख लगानीमा अक्सिजन प्लान्ट जडान हुन लागेको हो । कान्तिपुर दैनिकमा खबर छ ।