५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धका घाउमा सरकारले मलमपट्टी लगाउँछ : प्रधानमन्त्री ओली



अ+ अ-

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धका घाउ र त्यसले पारेको असरमा सरकार मलमपट्टी लगाउन लागि परेको बताएका छन् । उनले पीडितलाई अधिकतम न्याय दिन लागेको सरकारले काहि कतै पाइला नरोकि निरन्तर काम गरिरहेको उल्लेख गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उनले भने “युद्धका घाउ र असर छन् सरकार त्यसमा मलमपट्टी लगाउन र पीडितलाई अधिकतम न्याय दिन लागेको छ तर घाउ कोट्यायाएर शान्ति हुन नदिने प्रयास हुँदैछ, हिंसा भड्काएर द्वन्द्व व्यवस्थापनको खेतीपाती हुन दिनुहुँदैन ।”

क्रान्तिका नाममा कुनै लफ्फाजीको काम नभएको भन्दै जनतामा आतङ्क फैलाउने नहुने उनको भनाई रहेको थियो । विकास आयोजना अवरोध गर्नेहरुको विगविगि बढेको भन्दै सबैलाई ध्यान पुर्याएर कदम चाल्न आह्वान समेत गरेका हुन् ।

नेपालमा शान्ति आएको यतिका बर्ष हुँदा समेत केहि अराजकतावादीले नेपालमा शान्ति नै नआएको भन्दै प्रचारको गरेको आरोप लगाउदै गलत सन्देश दिने प्रयास गर्नेलाई सावधान रहन चेतावनी समेत दिएका छन् ।