१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

गज्जबका सरकार यी मन्त्री,कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त



अ+ अ-

काठमाडौँ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरिसकेको छ । तर एक वर्षमा सरकारले नागरिकका न्यूनतम आवश्यकताहरु पूरा गर्न नसकेको भन्दै आलोचना भइरहेका छन् ।

यस्तै बेला मन्त्रीहरु हेलिकोप्टर चार्टर गरेर विद्यालय भवन र स्वास्थ्य चौकी उद्घाटनमै रमाउँदै आएका छन् । अधिकांश मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिँदैनन् । मन्त्रीहरु बिहानदेखि बेलुकासम्म नै महोत्सवको उद्घाटन, सभासमारोहमा बढी समय बिताउँछन् । समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।