

काठमाडौँ । चीनको बिवाइडी अटो इन्डन्स्ट्रिज कम्पनीबाट ल्याएको पाँचवटा बस सञ्चालनमा ल्याउन सरकार असमर्थ भएको छ । ती बसमा आएको प्राविधिक कमजोरी देखाउँदै सरकारले सञ्चालन गर्न नसकेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चार महिनाअघि दुईवटा बस सञ्चालनको उद्घाटन गरेका थिए । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको ढिलासुस्तीका कारण सफा सवारीसाधन त्यत्तिकै थन्किएको हो ।
बसमा प्राविधिक कमजोरी भएको आरोप लगाउँदै सरकारले जैविक मैत्री बसको दर्ता प्रक्रिया सुरु गर्न इन्कार गरेपछि ती बस नक्सालस्थित ग्यारेजमा थन्किएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।