८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित



अ+ अ-

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो ।

नेपालकी इन्दु वर्माले ३२ र सरिता राना मगरले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनको योगफल बनाएको थियो । थाइल्याण्डको जीतमा चानिदा सिथुरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन् भने नारुमोल चाइमाईले ३२, वाङ्पाका लिङ्प्रार्सटले २८ तथा नटया बोचाथाम १२ रन जोडे ।

बलिङतर्फ नेपालका नेरी थापा र कृष्णा कुँवरले दुई दुई विकेट झारे भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । राउण्ड रोविनका आधारमा हुने उक्त छनोट प्रतियोगिताका विजेताले आइसीसी महिला टी–ट्वण्टी विश्वकपको ग्लोबल छनोटमा पुग्ने मौका पाउनेछ । जारी खेलमा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । यसअघि खेलको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको थियो ।