१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको त्रिपुरामाथि नेपालको यू–२१ टिमको फराकिलो जित



अ+ अ-

काठमाडौँ । भारतको गुवाहाटीमा जारी नर्थ इष्ट अन्तर्राष्ट्रिय गोल्डकप च्याम्पियनसिपमा नेपालको एन्फा यू–२१ टिमले त्रिपुरालाई पराजित गरेको छ ।

आज (बिहीबार) भएको खेलमा नेपालको यू–२१ टिमले त्रिपुरालाई ८–० गोलले पराजित गरेको हो । नेपालको जितमा अभिषेक रिजालले ह्याट्रिकसँगै चार गोल गरे । त्यस्तै, प्रेजेन तामाङले दुई, रेजिन सुब्बा र धिरज श्रेष्ठले समान १–१ गोल गरे ।

खेलको चौथो मिनेटमा नै प्रेजेनले गोल गर्दै एन्फा यू–२१ टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३१औं मिनेटमा रेजिनले गोल गर्दै २–० गोलको अग्रता दिलाए ।

अभिषेकले ५२ र ६६औं मिनेटमा गोल गर्दै एन्फा यू–२१ टिमलाई ४–० गोलको अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै प्रेजेनले गोल अर्को गोल गर्दै ५–० को अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा अभिषेकले ब्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा एन्फा यू–२१ टिमले त्रिपुराविरुद्ध ६–० गोलको अग्रता बनाएको थियो ।

७७औं मिनेटमा धिरजले गोल गरे भने ७८औं मिनेटमा अभिषेकले गोल गर्दै ब्यक्तिगत चार गोल पुर्‍याए भने एन्फा यू–२१ टिमलाई ८–० को फराकिलो जित दिलाए ।