१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको निधन, श्रद्धान्जलि दिन शव पार्टी केन्द्रीय कार्यालयमा राखिने



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।

कार दुर्घटनामा परेर गम्भीर घाइते भएका सांसद ओलीको शुक्रबार बिहान करीव ३ बजे ललितपुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् ।

तत्कालिन एमाले पृष्ठभूमि भएका सांसद ओलीको सवार जिप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए ।

ओली दाङ्ग क्षेत्र नं। ३ ‘ख’मा तत्कालीन एमालेबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

ओलीप्रति श्रद्धान्जलि दिन नेकपाले पार्टी कार्यालयमा शव राख्ने भएको छ । शव बिहान ९ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा राखिनेछ । त्यसपछि ओलीको शव आजै गृह जिल्ला दाङ लगिनेछ ।