१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द, बिरामी विचल्लीमा



अ+ अ-

काठमाडौँ । सरकारी चिकित्सक संघ (गोदान) ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेपछि बिरामीहरु विचल्लीमा परेका छन् ।

काठमाडौको वीर अस्पताल, टिचिङ लगायतका अस्पतालमा बिहानैदेखि अस्पतालमा उपचारकालागि पुगेका बिरामी र बिरामीका आफन्तहरु उपचार पाएपछि समस्यामा परेका हुन् ।

यसैबीच गोदनले आजै वीर अस्पतालबाट विरोधर्याली निकाल्ने जनाएको छ । दिउँसो वीरअस्पतालबाट सुरु हुने र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताएका छन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक,गैरकानुनी स्वास्थ्य सचिव नियुक्ती, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपल कुलपति नियुक्ती र चिकित्सकका सेवा सुबिधा प्रतिकोविरुद्ध गोदानआबद्ध चिकित्सकहरु आन्दोलनमा छन् ।

एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरेपनि कार्यन्वयन नगरेको उनीहरुको भनाई छ ।