२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा मतदान हुँदै



अ+ अ-

चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ ।

करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त हुने सुझाव पनि धेरैको छ । मोल्दोभाको भाषा र इतिहास दुबै रोमानीयासँग मिल्दोजुल्दो छ । रोमानीया पहिल्यै युरोपेली युनियन (इयू)मा आबद्ध रहेकाले मोल्दोभा पनि इयूमा सामेल हुनुपर्ने धारणा केहीको छ ।

चुनावमा रसिया समर्थित समाजवादी पार्टीका नेता एवं राष्ट्रपति आइगोर डोडोन, सत्तारुढ प्रजातान्त्रिक पार्टी र युरोप समर्थित गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।

यो चुनाव नयाँ चुनावी प्रणाली बमोजिम हुँदैछ । १०१ सदस्यीय संसदमा पार्टीको सूची र चुनावी क्षेत्रबाट सांसदहरु चुनिनेछन् ।

चुनावी मतसर्वेक्षणमा डोडोनको रुस समर्थित दल अगाडि रहेको देखिएको छ । डोडोनले मोल्दोभालाई रुसको अगुवाईमा निर्माण गरिएको युरेसियाली आर्थिक यूनियनमा आबद्ध गराउन चाहन्छन् ।




भर्खरै