२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाः ओलीको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुग्यो



अ+ अ-

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीयओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेको उल्लेख गरे ।

कार दुर्घटनामा परेर गम्भीर घाइते भएका सांसद ओलीको शुक्रबार बिहान करीव ३ बजे ललितपुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् ।

तत्कालिन एमाले पृष्ठभूमि भएका सांसद ओलीको सवार जिप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए ।

ओली दाङ्ग क्षेत्र नं. ३ ‘ख’मा तत्कालीन एमालेबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।