२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले साउथहृयाम्पटनलाई हरायो



अ+ अ-

काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित हात पारेको छ ।

आइतबार राति आफ्नै मैदानमा भएका खेलमा आर्सनलले साउथहृयाम्पटनलाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा हेनरिख खितरयान र एलेक्जेन्डर लेकाजेटले समान १–१ गोल गरे ।

आर्सनलले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेलको छैटौं मिनेटमा नै लेकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यस्तै, १७ औं मिनेटमा हेनरिखले गोल गर्दै आर्सनललाई २(० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा नै दोब्बर गोलअन्तरले अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

आइतबार राति नै भएको अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यान्चेस्टर युनाइटेडले गोलरहित बराबरीमा रोकेको छ ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २७ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान खेलबाट ६५ अंक छ ।

लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको ६० अंक हुँदा २७ खेलबाट ५३ अंक बनाएको आर्सनल लिगको चौथो स्थानमा छ ।