३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले निर्मलाको घरमै पुगेर भने- ढिलो चाँडो अपराधी पत्ता लाग्छ, कांग्रेसले पहल गर्छ



अ+ अ-

कञ्चनपुर । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन् । देउवाले निर्मलाकी आमालाई भेटेर ढिलो चाँडो अपराधी पत्ता लागाउने आश्वासन दिएका हुन् ।

शुक्रबार भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमै पुगेर देउवाले भने , ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ, बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन, हामीले पनि आवश्यक पहल गरिरहेको छौ । उनले हत्यारा राजनीति झण्डा बोकेको कार्यकर्ता वा नेता भएपनि चाढै न कठघरामा लयाइने भन्दै ढुक्क भएर बस्न हुन आग्रह गरेका हुन् ।

दुर्गादेवीले घटना भएको ७ महिना पूरा हुँदा पनि हत्यारा पत्ता नलागेकाले सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले लगातारको धर्नाले बिरामी भएका श्रीमान् यज्ञराज र निर्मलाकी कान्छी आमा लक्ष्मी उपचारका लागि काठमाडौँ गएकाले त्यसमा पनि आवश्यक सहयोग गरिदिन आग्रह गरिन्।

परिवारलाई भेट्न कांग्रेस केन्द्रीय सदस्य एनपी सावद लगायत स्थानीय नेता तथा कार्यकर्ताहरु समेत पुगेका थिए।




भर्खरै