२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रिमा किन पर्छ पानी ?



अ+ अ-

काठमाडौं । ‘अघिपछि त्यस्तै हो, शिवराधिमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम पक्कै धुम्मिन्छ’। हिउँदयामको आखिरी समयको महाशिवरात्रि पर्व नजिकिँदा यस्तै तर्क सुनिन्छ। यो पटक पनि यो यथार्थ ठ्याक्कै मिलेको छ।

यो वर्ष मात्र होइन, विगतका वर्ष पनि महाशिवरात्रि अघिपछि हल्का र मध्यम वर्षासँगै मौसम धुम्मिएको उदाहरण धेरै छन्। धार्मिक पर्व र मौसमी चक्रमा हुने उतार चढाव संयोग हो या नियमित मौसमी प्रक्रिया ? यो प्रश्नमा संस्कृति र मौसमविद्का आ–आफ्नै तर्क छन्। ‘शिवरात्रिमा अपवादबाहेक पानी परेकै हुन्छ, ग्रह र नक्षत्रको प्रभावले यस्तो हुन्छ’, संस्कृतिविद् डा. माधव भट्टराई भन्छन्, ‘ऋतु परिवर्तन आसपासका धार्मिक पर्वहरू माघे संक्रान्ति, वसन्त पञ्चमी, शिवराधिका समयमा मौसम गडबड भएकै हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्षसमेत भइसकेका भट्टराईका अनुसार सूर्य र बुध ग्रह अलग स्थानमा हुँदा महत्त्वपूर्ण धार्मिक पर्व आसपासमा वर्षा हुने वा मौसमी गडबडी आउने गर्छ’, उनी थप्छन्, ‘दुवै ग्रहको अवस्था नियाल्दा अहिलेको हिउँदे वर्षा अझै २ ४ दिन लम्बिने सम्भवना छ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।