२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकको पनि काउन्सिल, दर्ता नभए पढाउन नपाइने



अ+ अ-

काठमाडौं । शिक्षण पेशामा प्रवेश गरेकाको रजिस्ट्रेसन गरिने भएको छ। अबदेखि शिक्षण पेशामा प्रवेश गर्न चाहने र पेशामा प्रवेश गरेका जनशक्तिको रजिस्ट्रेसन गरी अभिलेख राखिने भएको छ।

त्यसका लागि संघीय शिक्षा ऐन, २०७५ को मस्यौा पारित भएपछि अधिकारसम्पन्न नेपाल टिचिङ काउन्सिल गठन हुनेछ। विद्यालय शिक्षामा अध्यापन गर्न योग्य विद्यार्थी निर्धारणका लागि काउन्सिल स्थापना हुने भएको हो। काउन्सिलले शिक्षकहरूको पेशागत गुणस्तर सुधार गर्न भूमिका खेल्नुपर्ने सरोकारवाला बताउँछन्।

संघीय शिक्षा ऐन, २०७५ को मस्यौदामा काउन्सिल स्थापना हुने प्रस्ताव गरिएको छ। प्रस्तावमा विद्यालय सेवामा अध्यापकका रूपमा प्रवेश गर्न चाहनेका लागि पूर्वयोग्यता परीक्षण गरी अध्यापन अनुमतिपत्र दिने अधिकार काउन्सिललाइ दिइएको छ। त्यस्तै शिक्षण पेशालाई व्यवस्थित र मर्यादिन बनाउन सरकारलाई सुभाmव दिने र विभिन्न कोर्स सञ्चालन गर्ने अधिकार पनि काउन्सिललाई दिइएको छ। राजधानी दैनिकमा खबर छ ।