३० आश्विन २०८१, बुधबार
,
Latest
डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टेम सेल प्रत्यारोपण गर्दा एचआईभी गायब !



अ+ अ-

लन्डन । स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना बिरामीको एचआईभी नै गायब भएको डाक्टरहरुले स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् । यस प्रकारको घटना दोस्रेपटक घटेको पनि तिनीहरुले जनाएका छन् ।

बेलायतको राजधानी लन्डन निवासी ती नाम नखुलाइएका बिरामीको क्यान्सरको उपचार हुँदै थियो ।

विगत १८ महिनादेखि एचआईभीको लक्षण घट्दै गएपछि उनले एचआईभीविरुद्धको औषधि सेवनसमेत छोडिसकेको बताइएको छ ।

तर, अनुसन्धानकर्ताहरुले भने अहिल्यै उनको एचआईभी निको भइसकेको भन्न पनि नसकिने बताएका छन् । यसैगरी विशेषज्ञहरुले अधिकांश एचआईभी पीडितलाई यस विधिबाट उपचार गराउनु व्यवहारिक नभएको तर एक दिन एचआईभीविरुद्धको सफल उपचार पत्ता लगाउन यो उपाय सहायक सिद्ध हुने बताएका छन् ।

यी बिरामीलाई सन् २००३ मा एचआईभी भएको पत्ता लागेको थियो भने उनी सन् २०१२ मा होड्नकिन्स लिम्फोमा नामक क्यान्सरको अन्तिम चरणबाट पीडिट हुन पुगेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।