३० आश्विन २०८१, बुधबार
,
Latest
नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि… स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो भीरमा फालेर छ वर्षीय छोराको हत्या विपद्को जोखिम न्युनिकरण गर्ने बलियो पूर्वाधार निर्माण आवश्यक छः पूर्वाधारविद् थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

७८ लाख घुस लिएका पाठकसँग बयान लिने तयारी



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरको स्वामीत्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ । सो घुस प्र्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो । पाठकमाथि उक्त कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप छ ।

इन्जिनियरिङ कलेज घुस प्रकरण अुनसन्धान टोलीमा सहसचिव, उपसचिव, र नेपाल प्रहरीका डिएपी छन् । पाठकले कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै बिचौलियामार्फत घुस लिएको पुष्टि भएपछि फागुन ३ गते आयुक्त पदबाट राजीनामा दिएका थिए ।

घुससम्बन्धि अडियो टेप सार्वजनिक भएपछि पाठकमाथि महाभियोग लगाउन सांसदबीच छलफल चलेकै अवस्थामा उनको राजीनामा आएको थियो । राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । यो समाचार नागरिकमा प्रकाशित छ ।