२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अञ्चल अस्पातलमा २७ जना दरबन्दीमा चार जना डाक्टर



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन, तर यसै समयमा स्थानीय स्तरदेखि प्रदेश सरकारसम्म अञ्चल अस्पतालको नाम परिर्वतन गर्ने झ्याङ फैलिएको छ ।

महाकाली अञ्चल अस्पतालमा २७ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ, तर अहिले अञ्चल अस्पताल ४ जना डाक्टरको भरमा चलिरहेको छ । हालसम्मकै रेकर्ड हेर्दा ७ जना विशेषज्ञ डाक्टरभन्दा बढी कहिल्यै नआएको देखिन्छ । पछिल्लो समयमा अस्पतालभित्र आईसियू सेवाका लागि उपकरण जडान गरेको पनि ३ वर्ष बितिसकेको छ । दरबन्दीअनुसार डाक्टर ल्याउन नसक्दा यी आईसीयू, एनआईसीयूलगायतका सेवा ठप्प रहेका छन् ।

जडान गरिएका उपकरणमा खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् । यसै अवस्थामा अस्पतालको नाम फेरेर अर्कै (भीमदत्त अस्पताल) राख्नेतर्फ नेताहरुको चाँसो बढेको पाइएको छ । यो समाचार नेपाल समाचारपत्रमा खबर छ ।