२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको नक्सामा भेटियो कालापानी र लिपुलेक



अ+ अ-

काठमाडौं । सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कालापानी, लिपुलेकसहित संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक भएको बताए । तीनवटा प्रदेशको नामाकरणसहितको नक्सा प्रकाशन गरिएको घट्टले जानकारी दिए ।

विज्ञहरुले भने नक्सा अपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । लिम्पियाधुरालगायत भारतले मिचेको केही क्षेत्र अझै पनि आधिकारिक नक्सामा नसमेटिएको उनीहरुले बताए ।

नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्र्रदेशको नाम समेटिएको छ । प्रदेश १, प्रदेश २ प्रदेश ३ र प्रदेश ५ को नामकरण भएको छैन । त्यसैले नक्सामा यी चार प्रदेशको नाम राखिएको छैन । नक्सामा सातवटै प्रदेश, प्रदेश राजधानी, प्रमुख राजमार्ग, सहर सीमा, निकुञ्ज, नदी र प्रमुख ठाउँ समेटिएको छ । यो समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।