२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी जहाज रोक्ने ठाउँको खोजी



अ+ अ-

काठमाडौं । जल परिवहन संचालनको लागि नेपाल र भारतको संयुक्त बैठकमा पानी जहाँज रोकिने ठाउको खोजी गरिएको छ। बिहीबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा टर्मिनलको समेत खोजि भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता प्रविणारज अर्यालले बताएका छन्।


कोशीमा पानी जहाज संचालनको सम्भाव्यता नेपाल तर्फ जहाज रोकिने ठाउ निर्माणको लागि कोशी व्यारेजको एक किलोमिटर दक्षिण हनुमाननगर क्षेत्रमा सम्भावित ठाउँका लागि अध्ययन गरेको गोरखापत्र दैनिकले उल्लेख गरेको छ।

प्रवक्ता अर्यालका अनुसार नेपालको पानी बालुवा र माटोको अवस्थाबारे अध्यययन गरेको हो। अध्ययन टोलीले नारायणी नदीमा पनि सम्भाव्यता अध्ययन सुरु गर्ने जनाएको छ।