२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको गुनासोः जति सम्झाउँदा पनि शेखरले टेरेनन्



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको बताए ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुइपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनुभएन । त्यही भएर मैले जवाफ दिएको हुँ ।’ नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए ।

नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । उनले पार्टीको चौधौँ महाधिवेशन समयमै हुने दाबी गरे । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।