२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीमा शारीरिक तन्दुरुस्तीको अभाव, भुँडी बढेको बढ्यै



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीमा शारीरिक तन्दुरुस्तीको अभावका कारण सुरक्षा चुनौती थपिएको छ। प्रहरी जवानदेखि उच्च अधिकारीसम्मको भुँडी र तौल बढेको भन्दै शारीरिक तन्तुरुस्ती कायम राख्नुपर्ने बहस प्रहरी संगठन भित्र तीव्र रुपमा चल्न थालेको छ।

यसअघि समेत पटक पटक यो विषयमा प्रहरीभित्र उठ्ने गरेको थियो। यसका लागि विभिन्न समयमा विभिन्न अभियान सञ्चालन गरिए पनि त्यो प्रभावकारी हुन सकेको देखिएन। यो तथ्यलाई प्रहरीले समेत स्वीकार गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवदीका अनुसार अन्य दुई सुरक्षा निकायको तुलनमा प्रहरी संगठनमा महत्वपूर्ण मानिने शारीरिक तन्दुरुस्तीको अभाव देखिएको छ।

देशका विभिन्न भागमा सानासाना इका तथा युनिटका रुपमा छरिएर रहेका प्रहरीका कारण संगठनमा यस्तो अवस्था निम्तिएको हो। ‘यसरी सानासाना संख्यामा छरिएर रहेका सबै स्थानमा नियमित तालिम दिन सम्भव देखिदैन’ प्रवक्ता सुवेदीले भने ‘तालिम केन्दसमेत सबै स्थानमा छैनन्, यसले शारीरिक तन्दुरुस्तीमा समस्या देखिएको छ।’ अन्य फौजी संगठनमा ठूलो संख्यामा एकै स्थानमा ‘क्लोज क्याम्प’ बनाएर बस्ने हुँदा ती स्थानमा नियमित तालिम सम्भव हुने गर्छ।’ उनले भने।शारीरिक तन्दुरुस्तीका लागि प्रहरीले निरन्तर अभियान चलाउँदै आएको प्रवक्ता सूवेदीको भनाइ छ।

प्रहरीमा भर्ना छनोटका लागि आवश्यक शारीरिक मापदण्ड पूरा भएपश्चात् लिइने तालिम तथा सेवा लिने अवधिमा आवश्यकताबाहेकको अवस्थामा शारीरिक तन्दुरुस्तीको मापन गर्ने परीक्षा नेपाल प्रहरीमा छैन। खबर राजधानी दैनिकमा छ।