१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीमा शारीरिक तन्दुरुस्तीको अभाव, भुँडी बढेको बढ्यै



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीमा शारीरिक तन्दुरुस्तीको अभावका कारण सुरक्षा चुनौती थपिएको छ। प्रहरी जवानदेखि उच्च अधिकारीसम्मको भुँडी र तौल बढेको भन्दै शारीरिक तन्तुरुस्ती कायम राख्नुपर्ने बहस प्रहरी संगठन भित्र तीव्र रुपमा चल्न थालेको छ।

यसअघि समेत पटक पटक यो विषयमा प्रहरीभित्र उठ्ने गरेको थियो। यसका लागि विभिन्न समयमा विभिन्न अभियान सञ्चालन गरिए पनि त्यो प्रभावकारी हुन सकेको देखिएन। यो तथ्यलाई प्रहरीले समेत स्वीकार गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवदीका अनुसार अन्य दुई सुरक्षा निकायको तुलनमा प्रहरी संगठनमा महत्वपूर्ण मानिने शारीरिक तन्दुरुस्तीको अभाव देखिएको छ।

देशका विभिन्न भागमा सानासाना इका तथा युनिटका रुपमा छरिएर रहेका प्रहरीका कारण संगठनमा यस्तो अवस्था निम्तिएको हो। ‘यसरी सानासाना संख्यामा छरिएर रहेका सबै स्थानमा नियमित तालिम दिन सम्भव देखिदैन’ प्रवक्ता सुवेदीले भने ‘तालिम केन्दसमेत सबै स्थानमा छैनन्, यसले शारीरिक तन्दुरुस्तीमा समस्या देखिएको छ।’ अन्य फौजी संगठनमा ठूलो संख्यामा एकै स्थानमा ‘क्लोज क्याम्प’ बनाएर बस्ने हुँदा ती स्थानमा नियमित तालिम सम्भव हुने गर्छ।’ उनले भने।शारीरिक तन्दुरुस्तीका लागि प्रहरीले निरन्तर अभियान चलाउँदै आएको प्रवक्ता सूवेदीको भनाइ छ।

प्रहरीमा भर्ना छनोटका लागि आवश्यक शारीरिक मापदण्ड पूरा भएपश्चात् लिइने तालिम तथा सेवा लिने अवधिमा आवश्यकताबाहेकको अवस्थामा शारीरिक तन्दुरुस्तीको मापन गर्ने परीक्षा नेपाल प्रहरीमा छैन। खबर राजधानी दैनिकमा छ।