२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक ऋण र अनुदान घट्दै



अ+ अ-

काठमाडौं । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ ।
केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने बताएको थियो ।

अर्थमन्त्रीले दातृ निकायका सर्त र देशको आवश्यकताको कहींकतै मिलनबिन्दु नभएर बजेटमा समावेश गरिसकिएको वैदेशिक सहायतालाई पनि घटाउनुपरेको बताउँदै आएका छन् ।

सबैभन्दा ठूलो परिमाणमा वैदेशिक ऋण कटौती गर्नुपर्ने बाध्यताका पछाडि भारतीय एक्जिम बैंकको ऋण सहयोग मुख्य कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिएको एक अर्ब अमेरिकी डलरको सहयोगमध्ये २५ करोड डलर अनुदानमा प्राप्त भएको हो भने बाँकी ७५ करोड एक्जिम बैंकबाट प्राप्त हुने ऋण सहयोग हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।