२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्ष विद्यालयमा पुरानै पाठ्यक्रम



अ+ अ-

काठमाडौं । विद्यालय तहको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रमा १०० विद्यालयमा परीक्षणका रूपमा लागू गरिने भएको छ। कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार पाठ्यक्रम विकास केन्द्रका कार्यधारी निर्देशक लेखनाथ पौडेलले कक्षा १ र ११ को नयाँ पाठ्यक्रम शैक्षिक सत्र २०७७ देखि मात्र लागू गर्ने तयारी गरिएको जानकारी दिए।

केन्द्रले यसअघि आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गराउने जनाएको थियो। केन्द्रका कार्यत्रारी निर्देशक पौडेलका अनुसार आगामी शैक्षिक सत्रमा सातवटै प्रदेशबाट विद्यालय छनोट गरेर पाठ्यक्रम परीक्षण गरिनेछ। ‘परीक्षणपछि मात्र देशभरका विद्यालयमा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन सुरु हुन्छ’, उनले भने।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तह कक्षा १ देखि १२ को राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित गरिसकेको छ। त्यहीअनुसार चालू शैक्षिक सत्रमा नमुना परीक्षण गरेर २०७६ देखि लागू गर्ने तयारी छ।