१२ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चेली इराक पुर्याउन दिल्लीमा सेटिङ



अ+ अ-

काठमाडौँ । चितवनका विशाल गिरी आफ्नी आमालाई इराकबाट उद्धार गराइपाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाउँदैछन् । उनको हातमा ४१ वर्षीया आमा इन्दुको तस्बिर र नागरिकताको प्रतिलिपिसहितको फाइल छ ।

इन्दु गत जेठको पहिलो साता भाउजू नाता पर्ने झापाकी लक्ष्मी ढकालसँग टर्कीका लागि भनेर हिँडेकी थिइन् । घरायसी कामदारका रुपमा इराकको कुर्दिस्तान पुगेकी उनले घरमा फोन सम्पर्क गरेपछि परिवार झसङ्ग भयो ।

उनले प्रत्येक साताजस्तो घरमा फोन गरेर रुँदै बिलौना गर्ने गरेकी छिन् । भनेजस्तो काम छैन र पैसा पनि भनेजति दिएको छैन । आफ्नी श्रीमतीलाई फर्काउने उपायस्वरुप जगन्नाथले इराक बस्ने ओमराज नामका एजेन्टलाई फोन गरे । इराकबाट कुनै एक महिलाले यस संवाददालालाई दिएको जानकारीअनुसार ओमराजले इन्दु र लक्ष्मीसहित दस जनालाई एकैपल्ट नयाँदिल्ली हँदै इराक पुर्‍याएका हुन् । उनले इन्दिरा गान्धी विमानस्थलमा सेटिङ मिलाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।