११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली सहित स-परीवार सिटीमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्नुभएको छ । फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली उक्त चलचित्र हेर्न जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।

एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उक्त चलचित्रमा प्रतिभाको पहिचान गर्ने सामथ्र्य बढाउन पनि आवश्यक रहेको देखाएको छ । मुलुकमा कानून र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि चलचित्रले उजागर गरेको छ ।