१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण हटायो फेसबुकले प्रमुख प्रतिपक्षी दल कंग्रेसको ६८७ पेज



अ+ अ-

नयाँदिल्ली । भारतमा निर्वाचनको सँघारमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस (कंग्रेस–आई)का सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्ट हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ।

सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानून उल्लंघन गरेको भनी कंग्रेस–आई सम्बद्ध ती पेज हटाएको हो। भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आमनिर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीलाई होचाउने, गाली गर्ने र झूटो प्रचार गर्ने खालका सामग्री सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेज हटाइएको फेसबुकको भनाइ छ।

‘अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लंघन भएको निष्कर्षसहित उक्त दल आबद्ध मानिएका पेज, समूह तथा एकाउन्ट कम्पनीले हटाएको छ’, फेसबुक कम्पनीले भनेको छ।

भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेज र एकाउन्टले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएको फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले बताए। ‘यी गतिविधिमा संलग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरीत हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ।’

सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकार लगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरुपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दबाव दिँदै आएका खबर आउने गरेका छन्। यसैबीच भारतीय कंग्रेसका नेता मनीष तिवारीले आफूहरूले वास्तविक रिपोर्टबारे अध्ययन गर्न बाँकी रहेको बताए।सिन्ह्वा