काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो प्रतिनिधिसभा सदस्यबापतको आधा महिनाको तलब प्रदान गर्ने भएका हुन् । बारा र पर्सामा विपत्तिमा परेका स्थानीयहरुलाई
उनले राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यले आ–आफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न आह्वान समेत गरेका छन् ।
उनले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भनेका छन्, बारा र पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुःखित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागि पर्न जरूरी छ।
उनले कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा रकम पठाउन आह्वान गरेका छन्। उद्धार, राहत र पुनर्स्थापनामा तन, मन र धनले लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान समेत गरेका छन्।