काठमाडौँ । पूर्व अर्थमन्त्री एवम राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले वाईडबडीमा खरिद गर्दा प्रधानमन्त्रीले पनि पैसा खाएका खाएको आरोप लगाएका छन् । लोहनी विमान खरिद प्रकरणमा वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली शर्माको पनि ठूलो हात रहेको बताए ।
रेडियो कान्तिपुरसँग बुधबार बिहान कुराकानी गर्दै लोहनीले प्रधानमन्त्रीको समेत संलग्न रहेको आरोप लगाएका हुन् ।
लोहनीले भने,प्रधानमन्त्रीसहित सत्तारुढ र प्रतिपक्षी दलको मिलेमतोमा ५ अर्ब बढी रकम भ्रष्टाचार भएको छ ।
लोहनीले उक्त प्रकरणमा बदनाम हुने भन्दै आफ्नै सांसदहरु रहेको समितिले पनि उक्त कुरा लुकाएको आरोप लगाए । उनले समितिले गरेको निर्णयलाई बदनियतपुर्वक गुपचुप राखेर वर्तमान सरकारले प्रकरणलाई लुकाउन खोजेको आरोप समेत लगाएका छन् ।