काठमाडौँ । सरकारले विसं २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पुर्याउने योजना बनाएको छ । हाल मुलुकको प्रतिव्यक्ति आय १ हजार चार अमेरिकी डलर रहेको कारण यो दरलाई वृद्धि गरेर १२ हजार पुरउने लक्ष्य लिएको हो ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहित तयार गरेको पञ्चवर्षीय योजना आर्थिक वर्ष २०७६–७७ देखि २०८०–८१ सम्म कार्यान्वयन गर्ने तयारीमा छ ।
हाल नेपालको कूल गार्हस्थ उत्पादन रु ३० खर्ब सात अर्ब छ । सराकारले प्रतिव्यक्ति आय बढाउन तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि, सुलभ तथा गुणस्तरीय स्वास्थ्य र शिक्षाको सुनिश्चितता, आन्तरिक र अन्तप्रदेशीय आवद्धता एवं दिगो विकास, उत्पादन र उत्पादकत्व वृद्धि, न्यायपूर्ण र गतिशील समाज, प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उद्यमशीलता विकास गर्ने योजनाको रणनीति बनाएको छ ।