७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी ६० बर्ष माथिकालाई गोली हान्दैनौं : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दल काँग्रेसले भनेजस्तो देश अधिनायकवादतर्फ अघि नबढेको स्पष्ट पारेका छन् । उनले ६० बर्ष माथिकालाई गोली हान्छ कम्युनिष्टले भनेर हल्ला चलाएका हुन् । आज अधिनायकवादको हल्ला चलाइएको बताए ।

काठमाडौँमा आजबाट सुरु भएको राष्ट्रिय विकास परिषदको दुईदिने बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादतर्फ अघि नबढेको र त्यसतर्फ जाने कुनै सम्भावना नरहेको दावी गरेका छन् ।

आधिनायकवादमा सरकार गयो भनेर आशंका फैलाउने काम भइरहेको भन्दै त्यस्तो हल्ला नफैलाउन चेतावनी समेत दिए । उहिले पनि अनेकथरीका हल्ला चलेका छन् । ६० बर्ष माथिकालाई गोली हान्छ कम्युनिष्टले भनेर हल्ला चलाएका हुन् । आज अधिनायकवादको हल्ला चलाइएको छ । तर त्यो भ्रम मात्र हो’ प्रधानमन्त्री ओलीले भने ।