१ असार २०८३, सोमबार
,
Latest
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कुरा मात्रै गरेन काम पनि गर्यो ,पाँच वर्षभित्र भोकमरी पनि अन्त्य गर्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुरा मात्रै नगरी काम पनि गरेको बताएका छन् । उनले अबको पाँच वर्षभित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरि काम अगाडि बढेको घोषणा समेत गरेका छन् ।

उनले त्यसका लागि सरकारले काम गर्ने उल्लेख गर्दै आवश्यक योजना बनाउन सुझाव दिन पनि सबैलाई आग्रह गरे ।

काठमाडौँमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा उनले २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिने बताए ।

मस्यौदामा देखिएको कमीहरुलाई हटाउन र मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्न पनि प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरेका छन् ।

परिषदका अध्यक्ष समेत रहेका उनले निरक्षरता उन्मुलन गर्ने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ खाद्य बस्तु उत्पादन गर्ने, ठूलो मात्रामा बस्तुहरुको उत्पादन गरेर निर्यात व्यापारको बढाउँदै लैजाने सरकारको योजना रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले कतिपयले कुरा गरेर मात्रै हुँदैन, काम नै गर्नुपर्छ भन्ने गरेको बताउँदै एक वर्षभित्र धेरै काम भएको बताए। महाकाली वारपार गर्न समस्या भएको अवस्थामा आफूहरुले पुल निर्माण गरेको उनले बताए । उनले भने, ‘एक वर्षका बीचमा झोलुङ्गे पुलहरु बनेका छन्, तुइनहरु फालिएका छन् । अनि कुरा मात्रै भो र ? यो सरकार गफ गर्न बनेको होइन, काम गर्न बनेको हो ।’




भर्खरै