७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कुरा मात्रै गरेन काम पनि गर्यो ,पाँच वर्षभित्र भोकमरी पनि अन्त्य गर्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुरा मात्रै नगरी काम पनि गरेको बताएका छन् । उनले अबको पाँच वर्षभित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरि काम अगाडि बढेको घोषणा समेत गरेका छन् ।

उनले त्यसका लागि सरकारले काम गर्ने उल्लेख गर्दै आवश्यक योजना बनाउन सुझाव दिन पनि सबैलाई आग्रह गरे ।

काठमाडौँमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा उनले २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिने बताए ।

मस्यौदामा देखिएको कमीहरुलाई हटाउन र मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्न पनि प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरेका छन् ।

परिषदका अध्यक्ष समेत रहेका उनले निरक्षरता उन्मुलन गर्ने, मानव स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ खाद्य बस्तु उत्पादन गर्ने, ठूलो मात्रामा बस्तुहरुको उत्पादन गरेर निर्यात व्यापारको बढाउँदै लैजाने सरकारको योजना रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले कतिपयले कुरा गरेर मात्रै हुँदैन, काम नै गर्नुपर्छ भन्ने गरेको बताउँदै एक वर्षभित्र धेरै काम भएको बताए। महाकाली वारपार गर्न समस्या भएको अवस्थामा आफूहरुले पुल निर्माण गरेको उनले बताए । उनले भने, ‘एक वर्षका बीचमा झोलुङ्गे पुलहरु बनेका छन्, तुइनहरु फालिएका छन् । अनि कुरा मात्रै भो र ? यो सरकार गफ गर्न बनेको होइन, काम गर्न बनेको हो ।’