७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सालनाल सहित मल खाडलमा एक नवजात शिशुको शव फेला



अ+ अ-

स्याङ्जा । स्याङ्जामा एक नवजात शिशुको शव मल खाडलमा सालनाल सहित फेला परेका छन् । भने उनको आमाको पनि आत्महत्या गरेको स्थितिमा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार भीरकोट नगरपालिका–७ का बेग बहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी हुन् ।

आमा र शिशु दुवैको शवलाई पोष्मार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

शिशुको थप पहिचानको लागि डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।