१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी पीडितलाई रातभर त्रास, अझै तयार भएन व्यवस्थित बास !



अ+ अ-

बारा । फेटा गाउँपालिका–६ पुरैनियामा शनिबार राति बादल गर्जिन थाल्यो । हावाहुरीले टेन्ट हल्लाउँदै थियो ।

साताअघिकै जस्तो विपत्ति दोहोरिने त होइन भन्ने आशंकाले मोलायासा खातुनको मुटु पनि टेन्टभन्दा कम काम्दै थिएन ।

‘टेन्टले ठूलो हुरी र वर्षा थाम्दैन । अँध्यारोमा लड्दैपड्दै बालबच्चासँग बाहिर निस्कियौं,’ उनले सुनाइन्, ‘छिमेकीको पक्की घरमा पुगेपछि मात्र मुटुको ढुकढुकी घट्यो ।’

बादलको गर्जनले सन्तानहरू पनि तर्सिएका थिए । खाना पकाएर पस्किने तरखर गरिहेका बेला हावाहुरी चलेकाले उनीहरू सबै भोकै भए । त्यस रात अरू घरकाले पनि हावाहुरीको त्रासका कारण खाना खान पाएनन् । कोही सुतेनन् पनि । ‘डरले परिवारका सबै रातभरि जाग्राम बस्यौं,’ मोलायसाले भनिन् ।

हसीबन खातुनले छिमेकीको कुटानी पिसानी मिलमा भोकै रात गुजारेको बताइन् । ‘बिहान मात्रै टेन्टमा फर्कें,’ उनले भनिन् । नजबुन नेसाले पनि दुधे छोरा लिएर गाउँलेको घरमा आश्रय लिएको बताइन् ।

स्थानीय रहिमा खातुनले हावाहुरी र बादलको गर्जनले महिला, वृद्धवृद्धा र बालबालिका त्रसित हुने गरेको बताइन् । ‘सुरक्षित घर नबनेसम्म गाउँका सबैको दिनचर्या त्रासमै बित्छ,’ उनले भनिन्, ‘टेन्टमा कोही पनि ढुक्कसँग बस्न पाउँदैन ।’ उनले सरकारले जतिसक्दो चाँडो घर निर्माण बनाइदिनुपर्ने बताइन् ।

स्थानीय मुस्तुफा मियाँले हावाहुरी चल्नासाथ साताअघिको झझल्को आइहाल्ने हुनाले त्रसित हुनुपरेको बताए । गएको आइतबारको हावाहुरीले घर भत्काउँदा गाउँका ११ जनाले ज्यान गुमाएका थिए । धेरै मानिस घाइते भए ।

भुमरीसहितको हावाहुरीले घरबारविहीन बनेका स्थानीयका लागि नेपाली सेना र सशस्त्र प्रहरीले टेन्ट ठड्याइदिएका छन् जुन अस्थायी प्रबन्ध मात्र हो । पीडितले भत्केको घरबाट सानातिना मालसामान निकाल्न सकेका छैनन् ।

भुमरीसहितको हावाहुरीले पुरैनिया, भरबलिया, गम्हरिया, परवानीपुर, तेलगाई, हर्दिया, प्रसुरामपुर, मनगढवा, धर्मनगर, फुलबरिया, भलुही, त्रिवेणी, बलिरामपुर, रामपुरवा, बगही, जमुनिया, चरमोहना, बुनियाद, रामपुरटोकनी, लिपनीमाल, चैनपुर, बहुअरी, बेनौली, सखुवाटलगायत गाउँमा घर तथा अन्नबालीमा क्षति पुर्याएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार भुमरीसहितको हावाहुरीले जिल्लामा ३ वटा इँट्टाभट्टा उद्योग, एउटा स्वास्थ्य चौकी भवन र एक हजार ८ सय ९१ वटा व्यक्तिको गरी एक हजार ८ सय ९५ वटा भौतिक संरचनामा क्षति पुर्याएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।