२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानको जिरो पोइन्टमा बस दुर्घटना : सात महिनाकी बालिका सहित चारको मृत्यु, ३८ घाइते



अ+ अ-

धरान । धरानको जिरो पोइन्टमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३८ जना यात्रु घाइते छन् ।

सोमबार भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा पहिचान नखेलेकी सात महिनाकी बालिका, अर्की एक महिला, बसका चालक धरान १५ निवासी चक्रबहादुर गुरुङ, धनकुटा चौबिसेका ५६ वर्षीय दलबहादुर मगरको मुत्यु भएको छ ।

बसमा क्षमता भन्दा बढी यात्रु रहेको र बसको ब्रेक फेल भएका कारण बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिनाले बताएका छन् ।

घाइतेहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।