२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको भद्रपुरमा बेवारिसे नवजात शिशु फेला, धर्मपुत्र बनाउन हानथाप भएपछि आर्थिक चलखेलको आशंका



अ+ अ-

भद्रपुर। चैत १३ बुधवार राति वडा प्रहरी कार्यालयले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा बेवारिसे रूपमा फेला परेको नवजात शिशुलाई धर्मपुत्र बनाउन ७ जनाले जिल्ला प्रशान झापामा निवेदन दर्ता गरेपछि आर्थिक चलखेल मार्फत शिशु हत्याउने प्रयास सुरू भएको छ ।

आफ्ना सन्तान नभएका दम्पत्तिले बेवारिसे शिशु धर्मपुत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने क्रममा ७ जना भएपछि आर्थिक चलखेल बढेको हो । जन्म दिने आमा तथा बाबुको अवस्था अज्ञात रहेका ती बालकलाइ मेची अञ्चल अस्पतालमा राखेर उपचार गरिरहेको छ । अस्पताल पुर्याएको भोलिपल्ट नै धर्मपुत्र बनाउने भन्दै झापा मेचीनगर नगरपालिका–७ सतिगठ्ठाका ४३ वर्षीय कमलप्रसाद खनाल र ४० वर्षीया हरिमायाले शिशुलाई जिम्मा लिएर अस्पतालमै राखेर स्याहारसुसार गर्न थालका थिए ।

कानुनी प्रक्रिया पूरा नभएसम्म धर्मपुत्र बनाउन नपाइने नियम भएकाले खनाल दम्पती झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्णयको पखाइमा बसे । नवजात शिशु ६ महिनाको नहुञ्जेलसम्म प्मुख जिल्ला अधिकारी नै त्यस शिशुको अभिभावक हुने प्रावधान छ ।

कसैलाई कानुनी रूपमा जिम्मा नदिएसम्म प्रजिअ नै अभिभावक रहेका ती शिशुलाई खनाल दम्पतीले आफ्नो बच्चा नभएकाले आवश्यक कागजात पूरा गरी धर्मपुत्र बनाउने भनी जिल्ला प्रशासन कार्यालय झापामा चैत १५ मा निवेदन दर्ता गराएका छन् । तर, पछिल्लो पटक ती बच्चा रेखदेख गरिरहेका खनाल दम्पत्तीले भन्दा जिल्ला बाहिरकै कुनै दम्पत्तीले बच्चा लाने वातावरण बन्न लागेकोमा सरोकारवाला चिन्ता गर्न थालेका छन् ।

शिशुको हेरचाहसहित पालनपोषणमा जुटेका खनाल दम्पतीलाई शिशु नदिने कुरा बाहिराएपछि अहिले उनीहरू तनावमा देखिएका छन् । खनाल दम्पतीले शिशुको नामकरण समेत गरी धर्मपुत्र मानिसकेको बताउँछन् । ‘अहिले आएर शिशु नपाउने सुन्नमा आएको छ,’ आँसु झार्दै हरिमायाले भनिन्, ‘सबै थोकमा पैसा कै चलखेल रहेको छ, अहिले पैसाकै चलखेलले हामीबाट यी शिशुलाई टाढा बनाउने खेल भइरहेको छ ।

भेटाएकै दिन हामीलाई भनिदिएको हामी शिशुलाई हेरचाह नगरी फर्किन्थ्यौं।’ यतिका दिनसम्म शिशुसँग बस्दा पारिवारिक माया ममता बसिसकेकाले शिशुलाई छाडेर जान नसक्ने हरिमाया बताउँछिन् । कमलप्रसादका अनुसार अस्पतालमै एक जनाले तीन लाख रुपैयाँमा शिशु दिन भन्दै आएका थिए । उनले थर्पे —यस घटनाले पनि आर्थिक चलखेल ठूलै छ ।’ यता अस्पताल प्रशासनले शिशुलाई खनाल दम्पतीले स्याहारसुसार गर्दै आइरहेको कागजात समेत बनाइदिएको छ ।

बाल कल्याण समिति झापाको बैठकबाट निर्णय भएपछि मात्र बच्चालाई आधिकारिक रूपमा कसैलाई दिने भन्ने निर्णय हुने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाइ छ । शिशु पाउन आर्थिक चलखेलबारे आफूले कुनै पनि सूचना नपाएको बताए ।