१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री गिरीले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा



अ+ अ-

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिँचाइमन्त्री दीपक गिरीले कांग्रेसको १४औं महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

दाङ घर भएका गिरी संस्थापनइतरनिकट मानिन्छन् ।

गिरी नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए । 

उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत रहेका थिए ।