२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसएलको ड्राफ्टमा सन्दीपसहित ११ नेपाली खेलाडी



अ+ अ-

काठमाडौं । आगामी वर्ष हुने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपालका ११ क्रिकेट खेलाडी अटाएका छन् । 

खेलाडीहरुलाई ड्राफ्ट अन्तर्गत प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिँदै आएको छ । 

नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने मात्र परेका छन् भने सिल्भर क्याटेगोरीमा ९ खेलाडी रहँदा विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका छन् ।

सिल्भर विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोब छन् । पिएसएलले औपचारिक रुपमा भने ड्राफ्ट सूची सार्वजनिक गर्न बाँकी छ ।

हरेक टोलीले समान ३/३ प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउँछन् ।

ड्राफ्टमा ३ सय ५६ विदेशी खेलाडी रहेका छन् ।

सन्दीप रहेको प्लाटिनम क्याटगेरी अनुबन्ध हुने खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार डलर सम्म पारिश्रमिक पाउनेछन् भने सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार डलर सम्म रहनेछ । गत वर्ष प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने विकेका थिएनन् ।

ड्राफ्ट १२ डिसेम्बरमा हुनेछ । पिएसएल आगामी जनवरी २७ देखि फेब्रुअरी २७ सम्म पाकिस्तानमा हुनेछ ।