१४ आश्विन २०८१, सोमबार
,
Latest
महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसएलको ड्राफ्टमा सन्दीपसहित ११ नेपाली खेलाडी



अ+ अ-

काठमाडौं । आगामी वर्ष हुने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपालका ११ क्रिकेट खेलाडी अटाएका छन् । 

खेलाडीहरुलाई ड्राफ्ट अन्तर्गत प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिँदै आएको छ । 

नेपालबाट प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने मात्र परेका छन् भने सिल्भर क्याटेगोरीमा ९ खेलाडी रहँदा विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका छन् ।

सिल्भर विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोब छन् । पिएसएलले औपचारिक रुपमा भने ड्राफ्ट सूची सार्वजनिक गर्न बाँकी छ ।

हरेक टोलीले समान ३/३ प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीका खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउँछन् ।

ड्राफ्टमा ३ सय ५६ विदेशी खेलाडी रहेका छन् ।

सन्दीप रहेको प्लाटिनम क्याटगेरी अनुबन्ध हुने खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार डलर सम्म पारिश्रमिक पाउनेछन् भने सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार डलर सम्म रहनेछ । गत वर्ष प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने विकेका थिएनन् ।

ड्राफ्ट १२ डिसेम्बरमा हुनेछ । पिएसएल आगामी जनवरी २७ देखि फेब्रुअरी २७ सम्म पाकिस्तानमा हुनेछ ।