२४ असार २०८३, बुधबार
,
Latest
केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव कांग्रेसलाई कान्छारामको चाबी ! मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारे संयुक्त राष्ट्रसंघको चासो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । मंगलवार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधी मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो ।

संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भुगोल अनुसार बसोबासको अवस्था लगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष अन्सारीले बताउनुभयो । भेटको क्रममा आयोगका अध्यक्ष अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

भेट बारे आयोगका अध्यक्ष अन्सारीले भन्नुभयो – ‘मुस्लिम आयोगले मुस्लिम समुदायको उत्थान र विकासको, त्यसको सशक्तीकरणको बारेमा जुन हाम्रो टिओआर छ, त्यो भित्र रहेर हामीले विभिन्न रिसर्चहरु गर्ने काम गरिरहेका छौँ । बढीभन्दा बढी शिक्षा क्षेत्रमा मुस्लिम समुदायलाई सामेल गराउनको लागि शिक्षाबाट बञ्चित भएका महिला, बालबालिकालाई बढीभन्दा बढी स्कुल मदरसामा हामीले पढाउनका लागि जुन प्रयास, कोसिस गरिरहेका छौँ यि लगायतका विषयमा कुरा उठ्यो । २०७८ सालको जनगणनामा बढीभन्दा बढी मुस्लिम समुदायलाई सहभागी हुन हामीले अपिल गरेका थियौँ । विभिन्न जिल्लामा कार्यक्रम गरेको थियौँ । यि सबै कामहरुको बारेमा हामीले जानकारी गरायौँ ।’

प्रतिनिधी मण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेश गर्ने बताएको आयोगका अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।