५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारे संयुक्त राष्ट्रसंघको चासो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । मंगलवार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधी मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो ।

संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भुगोल अनुसार बसोबासको अवस्था लगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष अन्सारीले बताउनुभयो । भेटको क्रममा आयोगका अध्यक्ष अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

भेट बारे आयोगका अध्यक्ष अन्सारीले भन्नुभयो – ‘मुस्लिम आयोगले मुस्लिम समुदायको उत्थान र विकासको, त्यसको सशक्तीकरणको बारेमा जुन हाम्रो टिओआर छ, त्यो भित्र रहेर हामीले विभिन्न रिसर्चहरु गर्ने काम गरिरहेका छौँ । बढीभन्दा बढी शिक्षा क्षेत्रमा मुस्लिम समुदायलाई सामेल गराउनको लागि शिक्षाबाट बञ्चित भएका महिला, बालबालिकालाई बढीभन्दा बढी स्कुल मदरसामा हामीले पढाउनका लागि जुन प्रयास, कोसिस गरिरहेका छौँ यि लगायतका विषयमा कुरा उठ्यो । २०७८ सालको जनगणनामा बढीभन्दा बढी मुस्लिम समुदायलाई सहभागी हुन हामीले अपिल गरेका थियौँ । विभिन्न जिल्लामा कार्यक्रम गरेको थियौँ । यि सबै कामहरुको बारेमा हामीले जानकारी गरायौँ ।’

प्रतिनिधी मण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेश गर्ने बताएको आयोगका अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।