१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत, पुस २० गते उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । 

स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन प्रयोजनका आगामी पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्नेछ । निर्वाचन कार्यक्रम अनुसार आगामी पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिनसक्नु हुनेछ ।

आयोगका अनुसार, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले सोही मितिमा आप्mनो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजूरी दिनसक्नेछन् ।

यसैगरी पुस १८ र १९ गते निवेदन तथा उजूरी उपर छानबिन र कारबाही गर्ने एवं अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार, पुस २० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गरिने छ ।

पुस २१ गते उम्मेद्वारको विरोधमा उजूरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेद्वारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेद्वारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ ।

माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएका मतदान केन्द्रमा मतदान हुने कार्यक्रम छ । (रासस)