१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातभरी बसेर भएपनि साझा उम्मेदवार टुंगो लगाइन्छ : बरिष्ठ नेता पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापनइतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा जारी छ । 

सभापतिका आकांक्षी धेरै रहेको इतर समूहको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।

छलफलमा नेताहरुले जसरी पनि बुधवार विहानसम्म साझा उम्मेदवारको टुंगो लगाउनुपर्ने दबाब दिएपछि बरिष्ठ नेता पौडेलले आजै रातभरि बसेर भएपनि सभापतिको उम्मेदवार फाइनल गर्ने बताएका छन् । 

सो समूहभित्र सभापतिमा धेरै आकांक्षी हुँदा नेताहरूबीच मत नमिलेर फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने होकी भन्ने बुझाइका साथ इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिका साझा उम्मेदवार तय गर्न नेतृत्वलाई अल्टिमेटम दिएको छ ।