१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा प्रदूषण कम गर्न इलेक्ट्रिक हाइवे



अ+ अ-

काठमाडौं । जर्मन सरकारले गाडीबाट फैलिने प्रदूषण कम गर्नका लागि नयाँ तरिका अपनाएको छ । पहिलो पटक जर्मनीमा ६ करोड डलरको लागतमा इलेक्ट्रोनिक हाइवे तयार हुँदैछ ।

भर्खरै फ्र्याङ्कफर्ट एयरपोर्ट र नजिकैको औद्योगिक पार्कको बीच १० किलोमिटर लामो हाइवेमा यसको परीक्षण पनि गरिसकेको छ । यसमा कम्पनीले तयार पारेको ट्रक दौडाइएको थियो, जो ट्रेन इन्जिनजस्तै सडकमाथि लगाइएको केबलबाट बिजुलीको सहायतामा चल्छ ।

यो प्रणालीलाई जर्मनी कम्पनी सिमेन्सले विकसित गरेको हो । वैज्ञानिकहरुका अनुसार, यो प्रणालीले प्रदूषण कम गर्नका लागि सहयोग गर्नेछ । ट्रकमा मोटर लगाइएको छ, जुन केबलबाट बिजुलीको सहायतामा चल्छ । विद्युतीय केबलको ऊर्जाबाट ट्रक ९० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ ।