६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो



अ+ अ-

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरूको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइएका छन् । सभामुख कृष्णबहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले २४ वैशाखको बैठकमा विपक्षीहरूलाई जवाफ दिने क्रममा ‘आक्रोश, कुण्ठा र निम्छरा’ शब्द प्रयोग गरेका थिए जसको कांग्रेसले चर्को प्रतिवाद गरेको थियो ।

बैठकको सुरुमै सभामुख महराले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन प्रयोग भएका शब्दबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । लगत्तै सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले विपक्षी सांसदहरूबाट पनि त्यस्ता शब्द प्रयोग भएकाले अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुख महराले विपक्षी सांसदहरूले बोलेका अमर्यादित शब्द पनि हटाउन निर्देशन दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।