६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भियतनामबीच सिधा हवाई उडान गर्न सहमत



अ+ अ-

काठमाडौँ । नेपाल र भियतनामबीच छिट्टै सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीको भियतनमको औपचारिक भ्रमणका क्रममा शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

विज्ञप्तिमा दुई देशबीच व्यापार तथा लगानी प्रवद्धन, पर्यटन विकास र जनता जनताबीचसम्पर्क स्थापित गर्न छिट्टै नै सिधा हवाइ सेवा सुरु गर्नुपर्ने अवश्यकतालाई विचार गरी सोको तयारीका लागि दुवै देशका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने सहमति भएको उल्लेख छ ।

साथै भियतनामले नेपालमा धेरै भन्दा धेरै भियतनामी पर्यटक पठाउने र विशेष गरी भगवान बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उदगमस्थल लुम्बिनीमा भियतनामी बौद्ध तीर्थयात्री पठाएर नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको खबर गोरखापत्र दैनिकले लेखेको छ ।