काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) र भोलि सोमबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान मशाखाका अनुसार सोमबारसम्म मौसमी अवस्था प्रतिकूल हुने भएको हो ।
आइतबार बिहानैदेखि विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको केन्द्रद्वारा जारी सूचनामा जनाइएको छ । यस्तो अवस्था आइतबार र सोमबार पनि रहनेछ । आइतबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार राति पनि देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तैगरी, सोमबार बिहानैदेखि देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सोमबार राति पनि मुलुकभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । राजधानीबाट ।