५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच व्यापारिक सम्झौता



अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच व्यापारिक सम्झौता भएको छ ।

कम्बोडिया भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीमा गएका नेपाल चेम्बर अफ कमर्शको टोलिले कम्बोडियाको चेम्बरसँग सोमबार सम्झौता गरेको हो ।

विभन्न ९ वटा बुँदा समेटिएको सम्झौतापत्रमा दुई देशको व्यापारिक विकास र वैैदेशिक सम्बन्ध प्रगाढ र सुदृढ कायम गर्ने विषय उल्लेख गरिएको नेपाल चेम्बर अफ कर्मसका निर्देशक किरण अधिकारीले जानकारी दिए ।

नेपालका प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।