६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीले चारजना युवा खेलाडीलाई भित्र्याउने, फर्नान्डिन्होको स्थानमा रोद्री ल्याउने तयारी



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि लगातार दोस्रो पटक जितेको म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि चारजना युवा खेलाडीलाई भित्र्याउने योजना बनाएको छ ।

प्रशिक्षक पेप ग्वार्डियोलाका अनुसार भित्रिने खेलाडीमा दुई जना डिफेन्डर र दुई जना मिडफिल्डर हुनेछन् । जसका लागि कल्बले २०० मिलियन पाउण्ड खर्च गर्ने छ ।

कल्बको रोजाइमा एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीसँगै फ्रांकफर्टका स्ट्राइकर लुका जोभिक, बेनफिकाका जोयो फेलिक्स र लेस्टर सिटीका डिफेन्डर बेन चीलवेल रहेका छन् ।

लुका जोभिक जसले च्याम्पियन्स लिगमा उत्कृट खेलेका थिए । उनलाई क्लबले ५० मिलियन पाउण्डमा अनुबन्ध गर्ने योजना गरेको छ । यस्तै फेलिक्सलाई सिटीले भित्र्याउने तयारी गरेको छ ।

यता, सिटीले रोद्रिलाई यसै महिना ३४ वर्ष लागेका फर्नान्डिन्होको स्थानमा क्लबमा ल्याउन लागेका हुन् । उनलाई ६० मिलियन पाउण्डमा किन्न लागेको बताइएको छ ।

यो सिजनपछि सिटीबाट निकोलस ओटामेन्डी, फावियन डेल्फ र मांगालाले क्लब छोड्न सक्नेछन् ।