काठमाडौं । एएफसी कपको समूह इ मा रहेको मनाङ मर्स्याङ्दी क्लबले भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
भोलि (बुधबार) एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने खेल दिउँसो तीन बजे बाट सुरु हुनेछ ।
मनाङले अवे खेलमा पञ्जाबविरुद्ध उसैको मैदानमा २–२ गोलको बराबरी खेलेको थियो । त्यस कारण पनि बलियो मनस्थिति बनाएर मनाङ मैदानमा उत्रिदैछ ।
आज भएको प्रि–म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले पञ्जाबलाई पराजित गर्दै तीन अंक बटुल्ने लक्ष्यमा रहेको बताएका छन् ।
यसअघिका दुई खेलमा हार र एक खेलमा बराबरी खेलको मनाङ समूह ई को पुछारमा छ । मनाङको लागि पञ्जाबविरुद्धको खेल जित्नै पर्ने दबाबमा छ ।