३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलबाट सन्दीपले यो सिजन ५५ लाख रुपैयाँ पाउने



अ+ अ-

काठमाडौं । गत बर्ष २० लाख भारुमा दिल्ली क्यापिटल्समा अबद्ध भएका नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् ।

इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सले ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ । त्यस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ पाउँछन् ।

सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । पञ्जाव विरुद्ध तीन विकेट लिएका कारण उनले सो उपाधि जितेका थिए । सो उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पारेका थिए ।

लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए ।

त्यसअघि अरु दुई खेल खेल्दा अन्तिम चरण र क्वालिफायर्समा उनी बेन्चमा बसेका थिए ।